समाचार

लकडाउन लम्बिन सक्ने प्रधानमन्त्री ओलीको संकेत

 
२९ चैत, काठमाडौैँ
प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । आज प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडिओ कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले लक डाउनलाई कडाइका साथ पालना गर्नसमेत आग्रह गर्नुभएको छ ।
 
जनताले पनि दुःख नपाउनेतर्फ ध्यान दिन जरूरी रहेको भन्दै भावनामा बहकिन नहुने उहाँको भनाई छ । प्रधानमन्त्रीले कोभिड—१९ परास्त गर्न सामाजिक दुरी कायम गर्नुको विकल्प समेत नभएको बताएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले लकडाउनको अवधि लम्बिन सक्ने संकेत गर्नुभएको बताइएको छ ।
 
कन्फ्रेन्समा ओलीले प्रदेश सरकारले कोरोनाको जोखिम न्यूनीकरणमा गरेका कामबारे सबै प्रदेश सरकारले गरेका काम कारबाहीबारे जानकारी लिनुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button