समाचार

एसियाली समुहको छनोट खेलमा थाईल्याण्डसँग नेपाल पराजित

काठमाडौं, फागुन ९ । आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट खेलमा नेपाल थाईल्याण्डसँग पराजित भएको छ ।

बैंककमा बिहिबार भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो । घरेलु टोलीले दिएको १२५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६७ रनमात्र जोडन सक्यो ।

नेपालका लागि ईन्दु बर्माले २९ रन तथा सिता रानामगरले १८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि चुनिंदा सुतिरांगले ३५ रन जोड्दा नरुमल चाईवाईले ३२ रनको योगदान दिईन् । बलिङतर्फ नेपालकी नेरी थापा र कविता कुावरले २–२ विकेट हात पारे ।

महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालसहित ७ राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिन लिगको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछ ।

नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार युएईसँग प्रतिस्पर्धा गदैछ ।

nema
Show More

Related Articles

Back to top button