समाचार

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै ।

२० साउन, काठमाडौैँ÷ एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्याण्ड्समा रहेको नेपाली क्रिकेट टोली आइतवार स्वदेश फर्कदै छ । २ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न गएको टोली श्रृङ्खला बराबरी गर्दै स्वदेश फर्कन लागेको हो । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेल १ रनको रोमाञ्चक जितका साथ श्रृङ्खला बराबरी गरेको थियो । गएको साउन २ गते इङ्ल्याण्डको लर्ड्समा भएको त्रिकोणात्मक श्रृङ्खला तथा नेदरल्याण्ड्समा भएको एकदिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाल लण्डन पुगेको थियो । त्यहाँ चार वटा अभ्यास तथा त्रिकोणात्मक श्रृङ्खला खेलेर नेपाली टोली नेदरल्याण्ड्स पुगेको हो ।

nema
Show More

Related Articles

Back to top button