समाचार

काष्ठमण्डप पुनर्निर्माणको शिलान्यास

 
 
काठमाडौं वैशाख ३१, २०७५ काठमाडौंको नाम र ईतिहासको बिम्ब काष्ठमण्डप पुनर्निर्माणको आज शिलान्यास गरिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी र काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्त रुपमा काष्ठमण्डप पुर्निर्माणको शिलान्यास गर्नुभएको हो । एउटै रुखको काठबाट बनेको काष्ठमण्डप आगामी ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । गोरखा भूकम्पका कारण भत्किएको काष्ठमण्डप, तीन वर्षपछि काठमाडौं महानगरपालिका र स्थानीयको अगुवाईमा पुनर्निर्माण थालिएको हो । काष्ठमण्डप २ हजार २ सय वर्ष पुरानो रहेको ईतिहास छ ।  प्रकाशित:वैशाख ३१, २०७५

nema
Show More

Related Articles

Back to top button