समाचार

बेलायती प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना

२४ चैत, काठमाडौैँ
स्वास्थ्यमा सुधार आउन नसकेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री जोनसोनलाई अस्पताल भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
उहाँलाई ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो । बेलायतमा ४७ हजार आठ सय भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भारइस संक्रमकै कारण बेलायतमा अहिलेसम्म चार हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।

nema
Show More

Related Articles

Back to top button