समाचार

महाधिवेशनको मिति तोक्न प्रेस युनियनको बैठक बस्दै

७ माघ, काठमाडौैँ÷ महाधिवेशनको मिति तोक्न नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज चितवनमा बस्ने बैठकले नवौंं महाधिवेशनको मिति र स्थान तोक्ने तयारी गरिएको केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।
बैठकमा स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने विषयमा पनि छलफल गर्ने कार्यसुची रहेको सिग्देलले बताउनुभयो । यसअघि मङ्सिरमा गर्ने तयारी भएको महाधिवेशन प्राविधिक कारणले पछाडी सरेको थियो ।

nema
Show More

Related Articles

Back to top button