समाचारसमाज

प्रकाण्डद्वारा करोडौं चन्दा उठाएको स्वीकार भोलि सर्वोच्चमा उपस्थित गराइने

३० साउन, काठमाडौं । एकसाता देखि प्रहरी हिरासतमा रहेका नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ( प्रकाण्ड) ले चन्दा उठाएको स्वीकार गरेका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण मुद्दामा भोलि सर्वोच्चमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले तयारी गरेको छ । सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो । प्रहरीका अनुसार प्रकाण्डले चन्दा लिएको स्जीकार गरेका छन् । भौतिक र नैतिक हिसाबले ‘चन्दा नभइ, सहयोग लिएको’ उनको दाबी छ । ‘ विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउन पक्राउ परेका थिए । उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरेको छ ।
७ करोड ५६ लाख चन्दा उठाएको रेकर्ड भेटियो
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रकाण्डले मात्रै ७ करोड ५६ लाख रुपैयाँ चन्दा उठाएको विवरणसहितको आयव्यय रेकर्ड विशेष ब्यूरोको टोलीले फेला पारेको छ । प्रकाण्ड पक्राउ परेपछि प्रहरीले कपनस्थित घरमा छापा मारेको थियो । त्यहाँ २०७३ साल चैतदेखि चन्द उठाएको विवरण बरामद भएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनको घरमा बरामद गरिएको व्यय विवरणमा विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुलाई दिइएको रकमको बारेमा उल्लेख गरिएको छ । प्रतिष्ठित उद्योगपतिदेखि दे व्यपारीहरुबाट विप्लव समूहले ठूलो रकम चन्दा उठाइरहेको सूचना गृह मन्त्रालयसम्म पुगेपछि समूहमाथि सुरक्षा निकायले निगरानी बढाएको थियो ।

nema
Show More

Related Articles

Back to top button