समाचार

विद्यार्थी संगठनको चर्को दबावपछि त्रिविले घटायो परीक्षा शुल्क

१६ आषाढ, काठमाडौैँ ÷त्रिभुवन विश्वविद्यालयले देशव्यापी रुपमा बढाएको परीक्षा शुल्क घटाएको छ । विद्यार्थी संगठनहरुको दबावमा त्रिविले एक हजार शुल्क घटाएको हो । यसअघि स्नात्तकोत्तर पहिलो सेमेस्टरबाट लागु हुने गरी २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको थियो । आन्दोलरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच हिजो भएको वार्तामा शुल्क घटाउने सहमति भएको हो । त्यसअघि बढाएको शुल्क खारेज गर्न माग गर्दै विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयमा डेलिगेसन गएका थिए । त्यसको भोलिपल्टै विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका नेताहरुबीच वार्ता भएको थियो ।

nema
Show More

Related Articles

Back to top button