breakingसमाचारवी पी विचार

३९औ वी.पी. स्मिृती दिवशको कार्यक्रम सम्पन्न


काठमाण्डौ श्रावण ६ गते ,
वीपी विचार राष्ट्रिय समाजको आयोजनामा ३९औ वी.पी. स्मिृती दिवशको कार्यक्रम जुम प्रविधि मार्फत आज सम्पन्न भयो । समारोहमा स्वगत भाणण र विषय वस्तु माथि प्रकास पार्दै समाजका सह सभापति गोविन्द राज जोशीले वी पी कोइरालाको स्वर्गारोहण भएको ३९ वर्ष पुगि सक्दा पनि उहा आज नेपाली जनमानसमा जिवितै हुन्छ । त्यसैले मानिसलाइ सत्ताले होइन सिद्धान्तले वचाउदो रहेछ भन्नु भयो । उहाले अगाडि भन्नु भयो आज नेवाली कांग्रेसले वी. पी.को सिद्धान्तलाइ छोडेर सत्तालाइ प्राथमिकता दएको छ । वी पी को सिद्धान्त राष्ट्रियता प्रजातन्त्र र समाजवाद लाइ छाडेर सत्ताको लागी सहमति सहकार्य र एकताको वाटो अवलम्वन गर्दा कांग्रेस दिनपर दिन कमजोर हुदै गएको छ । त्यसैले आज कांग्रेसलाइ पुनरजीवन दिने हो भने वीपीको वाटोलाइ अवलम्वन गर्नुको विकल्प छैन ।
वी पी विचार राष्ट्रिय समाजका मानार्थ सदस्य पुर्व सभामुख तारानाथ रानाभाटले भन्नु भयो कांग्रेसले आज वीपीको सिद्धान्त लाइ छोडेको हुनाले यो दुर्दसा भएको हो , वीपी कोइरालाले सिद्धान्त संग जस्तो सुकै परीस्थितिका पनि संझौता गर्नु भएन त्यसैले वीपीका विचारहरु कालजइ भएका छन ।
समारोहका सभापति एवं वीपी विचार राष्ट्रिय समाजका सभापति श्री कुल वहादुर (के. वी.) गुरुङ्गले भन्नु भयो वर्षका यस्ता दिनहरुमा मात्र हामी वीपी कोइरालालाइ संझन्छौ, त्यो राम्रो कुरा हो । हामिले वीपी को विचारलाइ जिवन पद्धति वनाउनु पर्दछ । उहाले भन्नु भयो वीपी कोइराला कठिन भन्दन कठिन समयमा पनि प्रजातन्त्र र राष्ट्रियताको विरुद्धमा कसै संग सम्झोता गर्नु भएन । समारोहमा वीपी विचार राष्ट्रिय समाजका उप महासचिव राम वहादुर गुरुङ्गले रष्ट्रिय मेल मिलापको महत्व वारे प्रकास पार्नु भयो भने कोषाध्यक्ष राजन प्रसाद पन्तले वीपीको सिद्धान्तको महत्व वुझाउन यो समाजले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने छ भन्नु भयो । समारोहमा प्रदेस सभापतिहरु दिपक लोहनि , खेमराज सेडाइ र वीर वहादुर हमाल , केन्द्रिय सदस्यहरु लक्ष्मण प्रसाद घिमिरे ,रेवति प्रसाद भुसाल , लोकेस डकाल , गंगा वहादुर कुवर , जिल्ला सभापतिहरु सुरेस कोइराला , नर कुमार चोहान , र सुनिल सापकोटाले पनि आफनो धारणा राख्नु भएको थियो । कार्यक्रम संचालन समाजका महा सचिव श्री विनय ध्वज चन्दले गर्नु भएको थियो । समारोहको अन्तमा निम्न शोक प्रस्ताव पारीत गर्दै समारोह समाप्त भएको थियो ।
ू नेपालको प्रजातान्त्रीक आन्दोलनका योद्धा एवं राज्य व्यवस्था समितिका पुर्व सभापति एवं वी पी विचार राष्ट्रिय समाजका पुर्व केन्दी्रय सदस्य श्री कृष्ण सिंह परीयारको निधनले वी पी विचार राष्ट्रिय समाजलाइ अपुरणीय क्षति भएको छ । यस दुखद घडिमा वीपी विचार राष्ट्रिय समाज दिवङ्गत आत्मा प्रति चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै शोक सन्तव्द परीवार जनमा हार्दिक समवेदना प्रकट गर्दछ ू

nema
Show More

Related Articles

Back to top button