breakingसमाचार

सरकारको निर्णयप्रति नेकपाकै नेताहरुको आपत्ति, कांग्रेसले संसदमा प्रधानमन्त्रीसँग जवाफ माग्ने

१९ भाद्र, काठमाडौैँ÷नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले बिमस्टेक बैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।
मंगलवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधानको मर्मविपरीत र राष्ट्रियताको हितविपरीत बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ती गरेको जिकिर गरे ।
रावलले भने—, ‘१८१५ सालमा नेपाल र अंग्रेजबीचको मलाया युद्धमा तीन हजार नेपाली वीर गोरखालीहरुलाई युद्धबन्दी बनाइयो र बन्दी बनाइएका नेपालीहरुलाई अंग्रेजले गोरखा भर्ती केन्द्रको रुपमा विकास गर्यो, जुन कुरा नेपाली पराजयको संकेतका रुपमा स्थापना गरेको गोरखा भर्ती सन्धिको विरोधमा मैले आधा शताब्दी खर्च गरिसकेको छु ।’
त्यस्तै नेपाली कांग्रेसले पनि बिमस्टेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ ।
कांग्रेस नेता मिनेन्द्र रिजाले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने बताएका हुन ।
साक्षात्कार कार्यक्रममा नेता रिजालले सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने बताए ।
भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा विमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन् । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०–३० सैन्य अधिकारीको सहभागिता रहने छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button