breakingसमाचार

कम्युनिष्ट सरकारले प्रहरी र सेनामा समेत हस्तक्षेप गदै छ ः काँगे्रस सभापति देउवा

४ मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिष्ट सरकारले न्यायालयमा हस्तक्षेप गरेको र अबका दिनमा प्रहरी, सेनामा समेत हस्तक्षेप गर्ने योजनामा रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर लड्नुपर्ने बताएका हुन ।
सरकार अधिनायकवाद उन्मुख भएको भन्दै सभापति देउवाले कम्युनिस्टहरुको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गरे । देशलाई अधिनायकवादको चगुलबाट मुक्त गर्न सशक्त प्रतीकार गर्न नेपाली काँगे्रस तयार रहेको देउवाले बताए ।
महासमितिको बैठकका लागि प्रस्तुत हुने राजनीतिक प्रस्तावको मस्यौदा सुझाव संकलन कार्यक्रमको मंगलबार विराटनगरमा उद्घाटन गर्दै सभापति देउवाले
कम्युनिस्टको सरकारबाट देशलाई मुक्त गर्न नेपाली कांग्रेस एकजुट हुन आवश्यक रहेकोमा देउवाले जोड दिएका छन् ।
निर्मला पन्त हत्याको दोषीलाई कारबाहीको माग गर्दै देशैभरबाट आवाज उठिरहँदा पनि सरकार किन कारबाही गर्न सक्दैन भन्दै सभापति देउवाले प्रश्न समेत गरे ।

nema
Show More

Related Articles

Back to top button