समाचार

काँगे्रस सभापति देउवा इतर समूहको बैठकले बनायो विधानको विषयमा आफ्नो धारणा

२४ मंसिर, काठमाडौैँ÷नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा इतर समूहको बैठकले विधानको विषयमा आफ्नो धारणा स्पष्ट बनाएको छ। आइतबार साँझ हुने संस्थापन पक्षसँगको बैठकअघि सो समूहले आफ्नो धारणा बनाएको हो ।
आइतबार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले विधानमा आफ्नो ुबटम लाइनु तय गरेको हो। बैठकमा संस्थापन इतर समूहका अधिकांश नेताको उपस्थिति थियो।
ुविधानको विषयमा सहमति निर्माण गर्नका निमित्त बैठक बसिएको जनाइएको छ । विधानलाई सर्वसम्मत बनाउन केके विषयमा सहमति नजिक पुग्न सकिन्छ भन्ने बारे बैठकमा सल्लाह भएको नेता बडुले बताए ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुन बस्दैछ। त्यसअघि नै विधानमा दुवै पक्षबीच सहमति कायम गराउने प्रयास भएको हो।
गत मंसिर ९ गतेको केन्द्रीय बैठकमा पेश भएको नेपाली कांग्रेसको विधानको मस्यौदाका केही विषयमा नेताहरुबीच फरकफरक धारणा छन्। संस्थापनइतर समूहका नेताहरुले भने पदाधिकारीको संख्या बढाउने, निर्वाचित केन्द्रीय सदस्यको प्रतिशत बढाउने लगाउने विषयमा समान धारणा तय गरेका छन्। पदाधिकारीको संख्या बढाउनुपर्ने र ती सबै निर्वाचित हुनुपर्ने संस्थापन इतर पक्षका नेताहरुको समान धारणा छ। त्यस्तै, ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने र १५ प्रतिशत मात्रै मनोनित गर्नुपर्ने, प्रस्तावनालाई फरक ढंगले लेख्ने लगायतका विषयमा पनि उनीहरुबीच मतैक्य छ।
आइतबार बस्ने संयुक्त बैठकबाट एउटा निकास निस्कने अपेक्षा नेताहरुको छ।
मंसिर २८ देखि पुस ३ सम्म कांग्रेसको महासमिति बैठक बस्दैछ। सो बैठकले नयाँ विधान पारित गर्ने छ।

nema
Show More

Related Articles

Back to top button