समाचार

नेपालमा बलात्कारका घटना ६ गुणाले बृद्धि

२४ जेष्ठ, काठमाडौ÷विगत बीस वर्षमा नेपालमा झण्डै ६ गुनाले बलात्कारका घटना बढेको पाइएको छ । दुई दशकअघि देशभरि करीब २ सय बलात्कारका घटना हुने गरेकोमा पछिल्लो एक वर्षमा मात्रै झण्डै १२ सय घटना भएका छन् । ६ वर्षीया बालिकादेखि ७२ वर्षीया वृद्धासम्म बलात्कारका शिकार भएका घटना बेलाबेला सार्वजनिक भइरहेका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०५४÷५५ मा देशभरि १ सय ८१ वटा बलात्कारको घटना भएका थिए भने आर्थिक वर्ष २०७३÷०७४ मा आइपुग्दा यो संख्या ११ सय ३१ पुगेको छ ।

nema
Show More

Related Articles

Back to top button