समाचारसमाज

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा बहस सकिदै

७ जेष्ठ, काठमाडौैँ÷साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सोमवार सकिदै छ । आइतवार सम्ममा प्रतिवादीतर्फका ५४ जना कानुन व्यवसायीको बहस सकिएको छ ।
 
आइतवार मात्र आठ जनाले बहस गरेका थिए । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रतिरक्षामा बहस गर्न वकालतनामा दर्ता गराएकामध्ये ५४ जनाको बहस सकिसकेको अदालतले जनाएको छ । आज प्रतिवादी तर्फको बहस सकिएपछि सरकारी वकिलहरुले ‘प्रत्युत्तर बहस’ गर्ने छन् । प्रतिवादीबाट आफूहरुले पेस गरेको प्रमाणको खण्डन भएपछि त्यसको प्रतिवाद गर्दै अभियोग पुष्टि गर्न उनीहरुले बहस गर्ने भएका हुन् ।

nema
Show More

Related Articles

Back to top button