समाचार

सुनको मुल्य बढेर तोलाको ७३ हजार ५ सय पुग्यो

१८ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बुधबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैैया पुगेको छ । । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको जनाएको छ ।
मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय थियो ।
तीजको केही दिन पहिले बिस्तारै घट्न थालेको सुनको मूल्य पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँ तोकिएको थियो ।
पछिल्लो दुई महिनामा चाँदीको मूल्य भने सबैभन्दा उच्च भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button