समाचार

बारामा क्लासिकल इन्डस्ट्रिड प्रालिमा आगलागी हुँदा डेढ करोडको क्षति

१३ असार, काठमाडौैँ÷ बाराको सिमरास्थित क्लासिकल इन्डस्ट्रिज प्रालिमा भिषण आगलागी भएको छ । जीतपुर–सिमरा उपमहानगरपालिका वडा नंवर ४ मा रहेको उद्योगमा गएराति आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योगको भट्टी सञ्चालनका लागि राखिएका दाउरामा आगो सल्किँदा भयावह रुप लिएको थियो । आगलागीबाट उद्योगका विभिन्न उपकरण जल्नुका साथै म्याट्रेस बनाउन प्रयोग हुने कच्चा पदार्थ र भट्टी आसपासका फलामे ट्रष्ट पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति साढे १० बजे उद्योगको भट्टीबाट सुरु भएको आगलागी आज बिहान ६ बजेमात्रै नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । स्थानीय, प्रहरी, नेपाली सेना र ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

nema
Show More

Related Articles

Back to top button