समाचार

मेलम्ची खानेपानीको स्थलगत अनुगमन गर्ने तयारी

४ माघ, काठमाडौैँ÷ राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकमा मेलम्ची आयोजनाको हालसम्मको प्रगति र चुनौतीको विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।
समितिका सभापति तारादेवी भट्टले आयोजनाको स्थलगत अवलोकन पछि पानी वितरणमा हुन सक्ने समस्या र सुधारबारे पनि सम्बन्धित निकायसंग छलफल गरिने जानकारी दिनुभयो । गत बिहिबार मात्र खानेपानी मन्त्रालयले मेलम्चीको पानी आगामी असारसम्म सुन्दरीजल ल्याउने श्वेतपत्र सार्वजनिक गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button