breakingसमाचारनेपाली कांग्रेस

नेपाली काँगे्रसमा समापति देउवा र कोइरा परिवारबीच वाकयुद्ध

काठमाडौं÷ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र कोइराला परिवारका नेताहरूबीच वाक्युद्ध चलेको छ। पार्टीको नयाँ विधान र नेपाल विद्यार्थी संघको विषयमा किचलो भइरहेका बेला थप विवाद देखिएको हो ।

सभापति देउवाले बुधबार वीरगन्जमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइराला परिवारप्रति कटाक्ष गरेका थिए । त्यसअघि महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा। शेखर कोइराला र सुजाता कोइरालाले वीरगन्ज पुगेर देउवाको आलोचना गरेका थिए। यसले नेताहरूबीचको मनमुटाव सतहमा देखिएको छ।

महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा पनि विधान अनुमोदन भएको छैन। नेताहरूले भने विधान र संघको अन्तिम टुंगो लाग्ने दाबी गरिररहेका छन्। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताबीच अनौपचारिक कुराकानी चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक नेताहरूबीचको असहमतिका कारण बस्न सकेन। कांग्रेसले आउँदो आइतबारका लागि बैठक बोलाएको छ। यो अवधिमा पनि सहमति जुट्ने छाँटकाँट छैन। विधान सहमतिमै केन्द्रीय समितिबाट पारित हुने प्रवक्ता शर्माको दाबी छ।

nema
Show More

Related Articles

Back to top button