समाचार

द्धन्द्धपिडितहरु आन्दोलनमा, माइतीघरमा धर्ना सुरु

२८ पुष काठमाडौैँ÷ सरकारले कानुन संशोधनको बाहनामा दलीय भागभण्डा गरी आयोग बनाएको विरोधमा द्धन्द्धपिडितहरु आन्दोलित भएका छन् । दशबर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुले आज राजधानीको माइतीघर मण्डलमा धर्ना शुरु गरेका हुन् ।
सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्ने बहानामा दलीय भागबण्डा गरी आयोग बनाएको उनीहरुको आरोप छ । पीडितलाई झुलाउने नियतप्रति आलोचनात्मक खबरदारी गर्न द्वन्द्वपीडित साझा चौतारीले धर्ना कार्यक्रम आयोजना गरेका हुन् ।

nema
Show More

Related Articles

Back to top button