breakingसमाचारनेपाली कांग्रेस

नेपाली कांग्रेस गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतमा जनमतसंग्रह गर्न तयार !

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरेपक्षताको विषयमा जनमत संग्रहमा जान नेपाली काँगे्रस तयार रहेको बताएका छन् ।

बुधवार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्न नेपाली कांग्रेस तयार रहेको बताए ।

महामन्त्री कोइरालाले धर्मनिरपेक्षताको सन्दर्भमा तत्काल जनमत संग्रह गर्न सरकारलाई दवाव दिन पनि आह्वान गरे । ‘नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र बनाउनका लागि जनमत संग्रह गर्न सरकारलाई कोइरालाले आह्वान गरे ।

नेपालमा हिन्दू धर्मावलम्बीको संख्या धेरै रहेको र नेतादेखि मतदातासम्म हिन्दूको बहुमत भएका कारण सबैलाई समेट्न हिन्दू राष्ट्र कायम हुनुपर्ने कोइरालाको जिकिर थियो ।

महामन्त्री कोइरालाले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न आफू लागिपरेको पनि बताए ।

nema
Show More

Related Articles

Back to top button