समाचार

त्रिभुवन आर्मी र एनआरटीको विजयी सुरुवात

३० जेष्ठ काठमाडौैँ÷त्रिभुवन आर्मी र न्युरोड टिम एनआरटीले राजधानीमा बुधवारबाट शुरु भएको तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम खेल मैदानमा मंगलबार भएको पहिलो दिनको दोस्रो खेलमा आर्मीले सरस्वती क्लबमाथि ४–० को फराकिलो जित हासिल गरेको हो । दुई पटकको च्याम्पियन आर्मीका सिनियर टोलीका महत्वपूर्ण सदस्य बनिसकेका दिनेश हेन्जनले २ महत्वपूर्ण गोल गरेका छन । शेशेहाङ आङदेङ्वे र विवेक चौधरीले समान १ गोल गरे । शेषेहाङले पहिलो गोल गरेका थिए । ६८ औं मिनेमा कप्तान समेत रहेका दिनेश गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए ।
मंगलबानै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले मच्छिन्द्र क्लबमाथि ३–१ को जित निकाल्न सफल भएको छ । एनआरटीले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित निकालेको हो । प्रतियोगिता अन्र्तगत बुधवार समूह ‘डी’ का दुई खेलहरु हुनेछ । पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा फ्रेन्डस् क्लब कुपोन्डोलले सुदूरपश्चिम फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगितामा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button