breakingसमाचारनेपाली कांग्रेस

अहिले काँग्रेसको हालत देखेर दर्द हुन्छ’-पूर्वराष्ट्रपति यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली काँगे्रसको वर्तमान अवस्था देखेर आफूलाई पिडा भएको बताउनुभएको छ । ४४ औैँ राष्ट्रिय एकता तथा मेलमिलाव दिवशको अवसर पारेर वीपी विचार राष्ट्रिय समाजले आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले वीपीको सिद्धान्त नबुझ्दा काँगे्रस कमजोर बनेको दाबी गर्नुभयो । दिल खोलेर राष्ट्रलाई बुझ्नुपर्नेमा उहाँको जोड छ । ‘अहिले काँगे्रसको हालत देखेर चित्त दुख्छ, दर्द हुन्छ, कहाँ पोख्ने रु’तपाई काँग्रेसीलाई लाग्छ कि म  फेरि काँगे्रसमा फर्किए हुन्थ्यो |  ‘ निश्चयनै काँगे्रसी कुलबाट गएको छु, तर काँगे्रसी होइन मन त काँगे्रसी छ’— उहाँले भन्नुभयो ।
तत्कालिन नेपाली काँगे्रसका सभापति गिरिजाप्रसाद कोइरालाले देश बचाउनको लागि भारतमा गएर १२ बुँदे सम्झौता गरेको डा। यादवको जिकिर छ । दुई पटक राजाले २०१७ साल र २०५९ सालमा संसद भंग गरेर लोकतन्त्रको हत्या गरेर अगाडी बढेको पूर्व राष्ट्रपति यादवले स्पष्ट पार्नुभयो । ‘देशमा २०५२ सालदेखी तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धमा हजारौैँले ज्यान गुमाइसकेका थिए ’ ‘त्यस्तो बेलामा गिरिजाप्रसाद कोइरालाले भारत, अमेरिका तथा सम्पूर्ण मित्रराष्ट्रलाई साथ लिएर , त्यो १२ बुँदे भएको हो, राष्ट्रलाई जोगाएको हो ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका सभापति एवं नेपाली काँगे्रसका केन्द्रीय सदस्य कुलबहादुर९केवी० गुरुङले वीपी कोइरालाले अवलम्बन गरेको विचार पार्टीले भुल्दै गएकाले काँगे्रस निरन्तर कमजोर बन्दै गएको दाबी गर्नुभएको छ । पार्टीमा बढ्दै गएको गुटउपगुटको कारण काँगे्रसमा निष्ठाको राजनीति गर्नेहरुलाई मुश्किल परेको उहाँको दाबी छ । त्यसले काँगे्रसभित्र आफूले काँगे्रस खोजिरहेको नेता गुरुङले उल्लेख गर्नुभएको छ ।
सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले भने  १२ बुँदे सम्झौताको सन्दर्भमा प्रमुख अतिथि डा रामवरण यादवले भन्दा फरक विचार राख्नु भयो ।

उहाले नेपाली काँगे्रसको पतनको सुरुवात १२ बुँदे सम्झौताबाट सुरु भएको दाबी गर्नुभएको छ । तत्कालिन काँगे्रस सभापति एवं पूर्वप्रधानमन्त्री  गिरीजाप्रसाद कोइरालाले भारतमा गएर गरेको सम्झौताले काँगे्रसलाई पतनको दिशातर्फ उन्मुख गराएको जोशीको टिप्पणी छ । पार्टीले अब १२ बुँदे सम्झौतालाई गम्भिरतापूर्वक लिनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो— ‘वीपीको मार्गनिर्देशन विपरित गिरिजाप्रसाद कोइरालाले  भारतमा गएर १२ बुँदे सम्झौता गर्नुभयो, त्यसैको परिणाम काँग्रेसले आज भोगिरहेको छ ।
कार्यक्रममा नेपाली काँगे्रसका नेता एवं वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्द, नेपाली काँगे्रसका नेता एवं  पूर्व मन्त्री लक्ष्मण घिमिरे, नेता लोकेश ढकाल, रेवतीप्रसाद  भुषाल लगायतले आफ्नो धारण राख्नुभएको थियो ।
बुधवार पूर्वराष्ट्रपति यादवले विमोचन गरेको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु’ नामक पुस्तकमा पञ्चायती ब्यवस्थामा तत्कालिन सरकारले हत्या गरेका ९ जना विर योद्धा तथा नेपाली काँगे्रसका जिउँदा शहिदको उपमा पाउनुभएका कुलबहादुर गुरुङका योगदानको बारेमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तकमा रामनारायण मिश्र,योगेन्द्रमान शेरचन, दीवान सिँह राई,सरोज कोइराला, जगतप्रकाश जंग शाह, तेजबहादुर अमात्य, लालध्वज गुरुङ, बुद्धसिँह राना, दुर्गानन्द झाको इतिहास र योगदानको सन्दर्भमा चर्चा गरिएको छ । कार्यक्रममा वीर योद्धाहरुको बारेमा लेख तयार पार्ने लेखकहरुलाई समेत सम्मान गरिएको थियो । पुस्तकमा  प्रा.डा. विजय प्रसाद मिश्र, प्रा।डा रामचन्द्र पोखरेल, बरिष्ठ पत्रकार ठाकुर बेल्वासे, प्रा.डा निरसिँह खत्री, प्रा.डा. जगतप्रसाद पराजुली, प्रा.डा रत्नमणी नेपाल , प्रा.डा ज्योति उपाध्याय, प्रा.डा राजेन्द्र रेग्मी, प्रा.डा इश्वरी लौडारी र प्रा.डा बद्री नारायण गौतमले उहाहरुको संवन्धमा लेख तयार पार्नुभएको छ ।

 

nema
Show More

Related Articles

Back to top button