समाचार

सीमा नाकाबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ

कञ्चनपुर, जेठ २ । कञ्चनपुरको गड्डाचौकीस्थित सीमा नाकाबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ परेका छन् ।
बुधबार बिहान भारतीय नम्बरको एउटा जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको जनाएको छ ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा उनीहरुलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार लेबल नलागेको आधा किलो सुनसहित भारतको हरियाणाका जितेन्द्र सैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको हो ।
बरामद सुनको बजार मूल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताउनुभयो ।
वैशाख ३१ गते चार दिनका लागि सो गाडीको भन्सार सुविधा काटिएको छ । एक दिन म्याद नसकिदै उक्त सवारी साधन सुन लिएर फर्किएको भेटिएको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button