समाचार

सिंहदरबारमा मृत भेटिएका नायब सुब्बाको सुसाइड नोट समेत भेटियो

३ भदौ, काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्रभित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका हुन । उनको सुसाइड नोट प्रहरीले फेला पारेको छ ।
नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । आफूले ‘कसैका कारण आत्महत्या नगरेको उनले सुसाइड नोटमा उल्लेख गरेका छन् । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन् ।
घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् ।
उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ । औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको प्रहरीले आशंका गरेको छ ।
मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button