समाचार

कोरोना विरुद्धको दायरा फराकिलो पारिएको स्वास्थ्यमन्त्री ढकालको दाबी

२४ चैत्र, काठमाडौैँ
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानको दायरा फराकिलो पारिएको दाबी गर्नुभएको छ । आज वसन्त चौधरी फाउन्डेसनले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले सरकारको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभयो ।
 
विदेशमा नगएका व्यक्तिसमेत कैलालीमा संक्रमित बनेकाले कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको उहाँको भनाई थियो । सरकारले कोरोना भाइरसविरुद्ध लड्न कोरोना कोष स्थापना गरेको छ । विभिन्न व्यक्ति तथा संस्थाले कोषमा योगदान गरिरहेका छन् । सरकारले कोष स्थापना गरेलगत्तै १ करोड सहयोग गर्ने वचन दिएको वसन्त चौधरी फाउन्डेसनले ५० लाख नगद र बाँकी स्वास्थ्य सामग्री आज सरकारले उपलब्ध गराएको हो ।

nema
Show More

Related Articles

Back to top button