breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसले वडा स्तरीय कार्यसमितिमा रहने सदस्यको संख्या टुङ्ग्यायो 

 
काठमाडौं कार्तिक ३, २०७५
नेपाली कांग्रेसको विधान मस्यौदा गर्न गठित समितिले वडा स्तरीय कार्यसमितिमा रहने सदस्यको संख्या टुङ्ग्याएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बसेको समितिको बैठकले महानगरपालिकाको वडा कार्यसमिति ४१ सदस्यीय, उपमहानगरको ४०, गाउँपालिकाको ३१ सदस्यीय रहने प्रावधान समेटेको हो । यस्तै क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रतिनिधि भने गाउँपालिकाको वडाबाट १५, नगरपालिकाबाट १६, उपमहानगरबाट १७ र महानगरपालिकाको वडाबाट १८ जना चयन हुने समिति सदस्य दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि क्रियाशील सदस्य मात्र मतदाता रहेन प्रावधान विधानको मस्यौदामा उल्लेख गरेको बडुले बताउनुभयो ।  यस्तै पार्टीको यसअघिको विधान एकात्मक प्रणालीको भएकाले अब संघीय संरचना अनुसारको बनाउनुपर्ने भएकाले मस्यौदा बनाउन समय लागेको समिति सदस्य बडुले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको काम कर्तब्य र अधिकारको विषयमा पनि छलफल भइरहेकाले अबको केही दिनमा टुङ्ग्याउने उहाँको भनाई छ । दशैंअघि नै मस्यौदा समितिले विधानको मस्यौदालाई अन्तिम रुप दिएर केन्द्रीय कार्यसमितिमा पेस गर्ने भनिएपनि छलफल नसकिएको भन्दै पेस गर्न सकेको छैन । कांग्रेसले आगामी मंसिर पहिलो साता महासमिति बैठक आह्वान गरेकाले त्यो अगावै विधान मस्यौदा समितिको प्रतिवेदन केन्द्रीय कार्यसमितिले पारित गर्नुपर्ने हुन्छ । समयको चाप बढी भएकाले दशैं नसकिंदै काम सुरु गरेको बडुले बताउनुभयो । यही कात्तिक दोस्रो साताभित्रमा मस्यौलाई अन्तिम रुप दिएर केन्द्रीय समितिमा पेस गर्ने उहाँले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button