समाचार

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ घाइते

अछाम÷ अछामको चौरपाटी गाउँपालिका वडा नंवर २ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका—३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका —३ की लक्ष्मी साउद र कालि साउदको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये साउदले यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी कक्षा ९ र कालि कक्षा ८ मा अध्ययनरत थिए। लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन्। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन्। अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

nema
Show More

Related Articles

Back to top button