समाचार

कांग्रेसको भलाईका लागि 'सत्ता र पैसा केन्द्रित राजनीति छाड्नुहोस्' : राजनीतिक विश्लेषक

 
 
काठमाडौं जेष्ठ ३, २०७५ – सत्ता मोहमा केन्द्रित भएकोले नेपाली कंग्रेसले निर्वाचनमा पराजय भोग्नु परेको विश्लेषण, राजनीतिक विश्लेषकहरुले गरेका छन् । जनतालाई  भन्दा सत्ता र पैसालाई केन्द्रीय भूमिकामा राखेकोले नै स्थानीय तहदेखि संघीय निर्वाचनमा एक चौथाइमा खुम्चिनु परेको  टिप्पणी उनीहरुले गरेका हुन् ।  राजधानीमा आज आयोजित एक कार्यक्रममा राजनीतिक विश्लेषकहरुले सत्तामा मात्रै जाने संस्कृतिको अन्त्य गरेर कांग्रेसले आफ्नो पुर्नजागरणको अभियान थाल्नुपर्ने सुझाव दिएका छन् । अबको नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्न सके मात्रै कांग्रेसको भलो हुने उनीहरुको भनाई थियो । मुलुकका प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनीतिक विश्लेषकहरु प्राध्यापक कृष्ण खनाल, देवेन्द्रराज पाण्डे र निलाम्बर आचार्य लगायतले कांग्रेस जनतासँग टाँढिदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । चुनाव हारीसकेपछि नेतृत्वले नैतिक जिम्मेवारका साथ नेतृत्व छाडिदिने परम्परा बसाल्नुपर्ने भन्दै कांग्रेसलाई प्रतिपक्षको संस्कृती बसाल्न आग्रह गर्नुभएको थियो उहाँले  युवा पुस्तामा विद्रोहको भाव नआएसम्म नेतृत्व परिवर्तनले मात्रै कांग्रेसको पुर्नजागरण नहुने बताउनुभयो ।  अर्का अगुवा पाण्डेले कांग्रेस नेतृत्व पद, पैसा र सुविधाका लागि मात्रै राजनीति गरेको भन्दै यसलाई छाडेर लिगेसीको राजनीति गर्न आग्रह गर्नुभयो । आफ्नो अस्तित्व नै गुमाउने त्रासमा कांग्रेसका युवा नेतृत्व रहेको भन्दै उहाँले कांग्रेसभित्र जनतासँग जोडिने नेतृत्वको अभाव भएको तर्क गर्नुभयो । विश्लेषक आचार्यले पैसाको बल र संख्याको गोटी चालेर मात्रै पार्टी बलियो नहुने तर्क गर्नुभयो । कांग्रेसले तत्काल जनतासँगको सम्बन्ध, केन्द्रीय तह र स्थानीय तहबीचको सम्वन्ध, पार्टी कार्यकर्ता र नेताबीचको सम्बन्ध र संगठनको सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button