समाचारनेपाली कांग्रेस
पूर्वसभासद एवं काँगे्रस स्याङजाका सभापति पङ्गेनीकाको निधनमा प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित ।
२० साउन, काठमाडौैँ÷प्रतिनिधिसभाको आजको बैठक पूर्वसभासद एवं नेपाली काँगे्रस स्याङजाका सभापति कमल पङ्गेनीको निधनका कारण कार्यसूचीमा प्रवेश नगर्दै स्थगित भएको छ । पूर्व सभासद पङ्गेनीको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेसंगै आइतवारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ५६ बर्षिय पङ्गेनी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वा्चित हुनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोली सोमवार दिउसो २ बजे बस्ने छ ।