breakingसमाचारअन्तर्वार्ता

आसेपासेलाई टिकट दिएर जित निकालेर देखाउन चुनौति दिन्छु ः जोशी (भिडियो सहित)

१५ भाद्र तनहुँ÷ पूर्वमन्त्री एवं वी.पी विचार राष्ट्रिय समाजका केन्द्रीय सह—सभापति गोविन्दराज जोशीले आफ्ना आसेपासेलाई टिकट दिएर चुनावमा जित निकालेर देखाउन चुनौति दिएका छन् । नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री समेत रहेका जोशीले वी.पी विचार राष्ट्रिय समाज तनहुँको शुक्रवार विशेष अधिवेशनको उद्धघाटन गदै बरिष्ठ नेता रामचन्द्र पौडेलको झोला बोकेर नहिड्न आग्रह गरे ।

वी.पी विचार राष्ट्रिय समाज तनहुँका कार्यवाहक सभापति डिल्लीराम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सभापति उर्मीला थापाको स्वास्थ्य लाभको कामना गरिएको थियो ।
 

कार्यक्रम मार्फत वी.पी विचार राष्ट्रिय समाज प्रदेश नंवर १ को क्षेत्रीय सभापतिमा रामदेव पन्त, २ नंवरमा इन्द्र प्रसाद पौडेल मनोनित भएका छन् ।
बालकुमारी लोहनीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सूर्यभक्त अधिकारी, राजु बानियाँ, आवु गाउँ पालिकाका उपप्रमुख पुष्पा श्रेष्ठ, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोखरेल, २ नंवर प्रदेशका क्षेत्रीय सभापति इन्द्र पौडेल, जिल्ला सचिव खोज बहादुर गुरुङ, रेडक्रम तनहुँकी मन्त्री चीनु पोखरेल, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन हरीशरण पन्डितले गरेका थिए ।
 
 

nema
Show More

Related Articles

Back to top button