समाचार

समता अस्पताल मृत्युप्रकरणमा पक्राउ परेकाहरुलाई धरौटीमा रिहा गर्ने निर्णय

काठमाडौैँको समता अस्पतालमा कार्यरत रामेछापकी बिमला तामाङको झुण्डिएर मृत्यु भएको घटनामा जोडेर पक्राउ परेका तीन जनालाई काठमाडौं जिल्ला अदालतले जनही ३ लाख धरौटीमा रिहा गर्ने निर्णय गरेको छ ।
घटनापछि पक्राउ परेका कला संञेल, तीर्थकुमारी श्रेष्ठ र संगीता श्रेष्ठ बिरुद्ध परेको मुद्दामा न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले धरौटीमा रिहा गर्ने फैसला गरेको हो ।
आदेश बमोजिम धरौटी बुझाउन नसकेकपछि उनीहरुलाई जेल चलान गरिएको छ ।
पोस्मार्टम रिपोर्ट समेत झुण्डिएर आत्महत्या गरेको देखाएको उक्त घटनामा मृतकले लेखेको सुसाइड नोटको आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
मृतकका आफन्तले भने नाम उल्लेख भएकाहरुलाई ज्यान मुद्धा लगाउनुपर्ने र सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button