समाचार

थाइल्यान्ड भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं, भदौ १ । थाइल्यान्ड भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार स्वदेश फर्कनुभएको छ । आफ्नी कान्छी नातिनीलाई पढाइको सिलसिलामा थाइल्यान्डमा भर्ना गर्न गत साउन १६ गते पूर्वराजा शाह बैंकक प्रस्थान गर्नुभएको थियो ।
१५ दिनको थाइल्यान्ड बसाइँपछि उहाँ स्वदेश फर्किनुभएको हो ।
साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी र ठूली नातिनी पनि सँगै फर्किनुभयो ।
योपटक पूर्वराजा शाह स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमाजस्तो राजावादीहरुको भीड लागेको थिएन ।

nema
Show More

Related Articles

Back to top button