समाचार

चट्टयाङ लागेर ३ को मृत्यु

२४ बैशाख, मकवानपुर÷ मकवानपुर जिल्लाको मनहरि गाउँपालिका र हेटाँैडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिकाका भीमलाल स्याङतान र उनको छोरी विमला र हेटौँडा उपमहानगरपालिका बस्ने कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिनुभयो । यसैगरी उक्त चट्याङपछि गम्भीर घाइते भएकी हेटाँैडा उपमहानगरपालिका चिसापानी बस्ने सलिना श्रेष्ठलाई थप उपचारका लागि हेटौँडा अस्पतालबाट चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button