समाचारनेपाली कांग्रेस

काँगे्रस नेता गम्भीरजंग कार्कीको निधन

१२ माघ, काठमाडौैँ÷ नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद गम्भीरजंग कार्कीको निधन भएको छ । केही दिन यता अस्वस्थ रहनु भएका कार्कीको गएराति उपचारका क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
मृगौलाले काम नगरेपछि उहाँ लामो समयदेखि डायलायसिस गरादै आउनु भएको थियो । २०४८ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका कार्कीले २०५१ देखि २०५६ सालसम्म काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो । त्यस अघि उहाँ राष्ट्रिय पंचायत सदस्यमा समेत निर्वाचित हुनु भएको थियो । उहाँको आजै दिउँसो दुई बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button