समाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाजको बार्षिक साधारणसभा आगामी जेष्ठ १८ गते

३० वैशाख, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको बार्षिक साधारण सभा आगामी जेष्ठ १८ गते हुने भएको छ । काठमाडौैँको धुम्रबराह पार्टी प्यालेस धुम्बाराहीमा विहान ८ बजेदेखि हुने सभामा देश संघीय संरचनामा गएको हुँदा सोही अनुसार वीपी विचार राष्ट्रिय समाजको संरचना निर्माण गर्नको लागि विधान संसोधन गर्ने निर्णय गरेको छ ।
वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार समाजको केन्द्रीय कार्यालय चण्डोलमा बसेको बैठकले अन्य विभिन्न निर्णयहरु समेत गरेको छ । अहिलेको सन्दर्भमा वीपीको विचार भनेको के हो ? भन्ने विषयमा वीपी विचार राष्ट्रिय समाजको दृष्टिकोण साधारण सभामा पेश गर्ने कार्यसूची समेत रहेको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
सोही भेलामा संगठन र कार्यक्रम संवन्धी समाजको प्रतिवेदन महासचिव चन्दले प्रस्तुत गदैछन् । यसैगरी समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता रेग्मीले प्रस्तुत गर्ने कार्यक्रम छ ।
साधारणसभामा वीपीको दृष्टिकोण प्रस्तुत गर्न २ जना ब्यक्तित्वहरुलाई आमन्त्रण गर्न निर्णय समेत गरिएको छ ।
साधारण सभामा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय पदाधिकारी र सदस्यहरु, ७ वटै प्रदेश समतिबाट ८ जना पदाधिकारी र एक जना महिला सहित ३ जना सदस्यहरु, प्रत्येक जिल्लाबाट वीपी विचार राष्ट्रिय समाजका सभापति, एक जना महिला सदस्य र अन्य एक जना सदस्य सहित ३ जना सहभागी हुने महासचिव चन्दले जानकारी दिए ।

 

nema
Show More

Related Articles

Back to top button