समाचार

राष्ट्रियसभाको मंगलबारको बैठकमा तीन विधेयक टेबुल

काठमाडौँ÷ राष्ट्रियसभाको मंगलबारको बैठकमा विभिन्न तीन विधेयक टेबुल गरिएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ति विधेयकलाई टेबुल गरेका हुन्। ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका छन् ।
बैठक शुरु हुने बित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली काङ्ग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुरको पुनर्वास नगरपालिकामा काङ्ग्रेसका कार्यकर्तामाथि हालै भएको सङ्घातिक आक्रमण गर्नेको पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button