समाचार

बालुवाटारस्थित सुबिसुको कार्यालयमा भिषण आगलागी, करोडौंको क्षति भएको अनुमान

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा भीषण आगलागी भएको छ ।
विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
अपराह्न पौने १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट करोडौं रुपैंया बराबरको क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण भने यो समाचार तयार गर्दा सम्म आइसकेको छैन ।
पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाएर आगो नियन्त्रणमा लिइएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button