breakingसमाचारविचारवी पी विचार

४० औँ वी पी स्मृति दिवस सम्पन्न

काठमाडौ श्रावण ६,
वी पी विचार राष्ट्रिय समाजद्वारा ४० औँ वी पी स्मृति दिवस धुम्वाराही काठमाडौमा सम्पन्न गरियो । कार्यक्रमको सभापति एवं समाजका सभापति श्री कुलबहादुर गुरुङले वी पी को सिद्धान्त समय बित्दै जादा झन झन सान्दर्भिक हुदै गएको छ भन्नु भयो । उहाले वी पी को सिद्धान्तलाई जति जति कागें्रसले छोड्दै जँान्छ त्यति त्यति नेपाली राजनितीमा नेपाली कागें्रस असान्दर्भिक हुदै जान्छ भन्नु भयो । कार्यक्रममा समाजका सह सभापति गोविन्दराज जोशीले स्वागत भाषण तथा विषयवस्तुमाथि प्रकाश पार्नुभयो ।

त्रिभूवन विश्व विद्यालयका प्राध्यापक श्री कपिल श्रेष्ठ र प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा आजिवन सदस्य डा तुलसी भट्टराईले ”वर्तमान राजनितिक परिवेशमा वी पी विचारको सान्दर्भिकता” भन्ने विषयमा विश्लेशणात्मक मन्तव्य व्यक्त गर्नुभयो । वी पी को फोटोमा समाहरोहका सभापतिद्वारा माल्यार्पण तथा पानसमा वत्ती बाली उद्घाटन गरी सुरु भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य एवं प्रदेश नं ५ का संयोजक रेवतिप्रसाद भुसाल केन्द्रीय सदस्य लोकेश ढकाल समाजका केन्द्रीय सदस्य एवं प्रदेश नं ४ का संयोजक खेमराज सेढाई त्रिभूवन विश्व विद्यालयका पूर्व उपकूलपति डा तिर्थराज खनिया केन्द्रीय सदस्यहरु दिलकुमारी राइ गीता रेग्मी तथा लमजुङका जिल्ला सभापति डीकेन्द्रराज कडेल नेका वडा नं ४ का सभापति रामप्रसाद न्यौपानले वक्तव्यमा टिप्पणी गर्नुभएको थियो । समाजका उपमहा सचिव रामवहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो ।
यसैगरी राष्ट्रिय समाज वैतडीले पनि ४० औँ वी पी स्मृति दिवस कार्यक्रमसहित सम्पन्न गर्याे । विराटनगरमा ४० औँ वी पी स्मृति दिवस विचार गोष्ठीसहित मनाइयो । कैलालीमा ४० औँ वी पी स्मृति दिवस वृक्षरोपण गरी मनाइयो । राष्ट्रिय समाज तनहुका सभापति दिल्लीराम अधिकारीको सभापतित्वमा ४० औँ वी पी स्मृति दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भयो ।

nema
Show More

Related Articles

Back to top button