समाचार

प्रधानमन्त्री ओलीप्रति काँगे्रस नेता पौडेलको कटाक्ष

दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा कुरा बढी गर्न थालेको आरोप लगाएका छन् ।
तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाललाई अहिले पत्याउने खालको विकासका काम चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेको उल्लेख गरे ।
वरिष्ठ नेता पौडेलले बर्तमान सरकारले ठुला आयोजना र काम सुरु भएका आयोजनाहरुलाई अलपत्र पारेर नालायकीपन देखाएको बताए।
नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधारहरु भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तीको विकास भएको जिकिर गरे । ७० वर्षदेखि टुंगो लाग्न नसकेको व्यवस्थाको टुंगो लागेको बताउदै अब मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने पौडेलको तर्क छ । मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको उल्लेख गरे।

nema
Show More

Related Articles

Back to top button