समाचार

पथरीमा बस र भ्यान ठोक्किएर दुर्घटना, दुईको मृत्यु

पथरी ÷ मोरङको पथरीशनिश्चरे नगरपालिका—१० मा बस र पिकअप ठोक्किँदा २ जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन्। । मृत्यु हुनेमा बसका सहचालक कानेपोखरी— ३ का ३१ वर्षीय टिकाराम थापा छन्। अर्का एकजनाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अनुहारमा गम्भीर चोट लागेका कारण एक जनाको पहिचान भएको छैन। एकजनाको घटनास्थलमै र अर्काको नोबेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
विहीवार विहान कानेपोखरीको विहीवारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्वरको बस र पथरी बजारको सब्जीबजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे।१ च ५३९१ नम्वरको पिकअप ठक्कर खाँदा कारुणिक अवस्था सिर्जना भएको थियो ।
तीव्र गतिमा रहेका बस र पिकअप ठोक्किँदा बस सडकमा पल्टिएको थियो। बस र पिकअपको अगाडीको भाग पूरै कुच्चिएको छ । बसका सब सिसाहरु फुटेका छन्। अगाडीको चक्कासमेत निस्किएको छ । घाइते १० जनालाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।

nema
Show More

Related Articles

Back to top button