breakingसमाचारसंस्था गतिबिधीनेपाली कांग्रेस

कांग्रेस यो देशमा गणतन्त्रको स्थापना र धर्मनिरपेक्ष मुलुक बनाउन प्रयोग मात्र भएको हो त ? के.वी गुरुङ

१६ जेष्ठ, काठमाडौ÷नेपाली काँगे्रसका नेता तथा पूर्वमहामन्त्री एवं वी.पी विचार राष्ट्रिय समाजका सभापति कुल बहादुर गुरुङ(के.वी गुरुङ) ले उहाँको विचार, कार्यक्रम तथा अभियानलाई अगाडि बढाउने सन्दर्भमा बुधवार(आज) संक्षिप्त पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्नुभएको छ ।
कांग्रेस कार्यकर्ताको गला अवरुद्ध भएको मैले देखेको छु  के.वी गुरुङ
कार्यक्रममा पत्रकारहरुको सोधेको प्रश्नको जवाफ दिदै नेपाली काँगे्रसका नेता, पूर्व महामन्त्री एवं वी.पी विचार राष्ट्रिय समाजको सभापति के.वी गुरुङले भन्नुभयो—
०६२ र०६३को आन्दोलनको नेतृत्व गरेको कांग्रेस आज किन र कसरी भुमिका विहिन अवस्थामा आई पुग्यो ? के कांग्रेस यो देशमा गणतन्त्रको स्थापना र धर्मनिरपेक्ष मुलुक बनाउन प्रयोग मात्र भएको हो त ? होईन भने किन कांग्रेस बाहेक सबै दलहरु एक हुन प¥यो ? कसका विरुद्धमा ?के का लागी? यी र यस्तै गम्भिर प्रस्नहरु नेपाली राजनितिमा उठेका छन ।
अहिले कांग्रेसको कार्यकर्ताहरुको गला अवरुद्ध भएको मैले देखेको छु । मैले अहिले पुराना कांग्रेस नेताहरुमा निरासा पाएको छु ,तरुण पुस्तामा बिद्रोहको भावना पाएको छु । स्थानीय , प्रदेश र संघीय निर्वाचनमा कांग्रेसको नराम्रो पराजय भयो । हारको जिम्मेवारी कांग्रेस केन्द्रिय समितिले त लियो । तर ती कारणहरु के के हुन कार्यकर्ताहरु जान्न चाहान्छन । कांग्रेस नेतृत्व त्यो कारणहरु कार्यकर्ता सामु भन्न सकिराखेको छैन । किन कांग्रेस आज प्रभावकारी प्रतिपक्ष पनि रहेन । हामी आफैले सरकारको विरुद्ध अविश्वासको प्रस्ताव राख्ने संख्या र हैसियत पनि छैन भने सदनमा हाम्रो के भुमिका होला । म ठोकेर भन्न चाहन्छु जुन दिन यो देशमा नेपाली कांगे्रस समाप्त हुन्छ त्यो दिन यो देशमा प्रजातन्त्र पनि समाप्त हुन्छ राष्ट्रियता पनि समाप्त हुन्छ । आज कांग्रेस त्यहि वाटो तिर गई रहेकोछ ।
त्यसैले नेपालको राष्ट्रियता जोगाउन सकिन्छ कि भनेर , प्रजातन्त्र जोगाउन सकिन्छ कि भनेर नेपाली कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ कि भनेर यो काममा मैले केहि भुमिका निभाउन सक्दछु कि भनेर मैले मेरो विचार कार्यक्रम र अभियानको वारेमा यहि २०७५ साल जेष्ट १८ गते काठमाण्डौको धुम्वाराहिमा भेटघाट कार्यक्रम राखेको छु । उक्त कार्यक्रममा सहभागी भई मेरो अभियानमा सहयोग पु¥याउन सवै पत्रकार साथीहरुलाई यहिबाट आव्हान गर्दछु । यसमा निस्वार्थ भावनाले लाग्न म यहि ठाउँवाट कांग्रेसका सवै पुराना नेताहरुलाई , तरुण नेताहरुलाई आग्रह पनि गर्न चाहन्छु । म वुद्धिजिवि साथीहरु अन्य सवै पेसा व्यवसायका मानिसहरुलाई भन्न चाहान्छु देश संकटमा जादैछ । यो संकटवाट देसलाई वचाउन सवै एक ठाउमा उभियौ र सल्लाह गरौ देश वचाऔ मेरो सवैलाई विनम्र यहि अनुरोध छ र त्यसैले यहि २०७५ साल जेष्ठ १८ गते काठमाण्डौको धुम्वाराहिमा हुने भेटघाट कार्यक्रममा सहभागी भई मेरो अभियानमा सहयोग पुराउन सवै पत्रकार साथीहरुलाइ , पुराना कांग्रेस नेताहरुलाई ,तरुण पुस्ताका साथीहरुलाई र सवै प्रजातन्त्र प्रेमि वुद्धिजिवि साथीहरु र अन्य दिदि वहिनिहरु र दाजु भाईहरुलाई लाई पनि म यहिवाट आमन्त्रण गर्दछु ।
काठमाडौैमा आयोजित कार्यक्रममा वी.पी विचार राष्ट्रिय समाजका सह—सभापति गोविन्दराज जोसीले नेपाली काँगे्रस प्रजातन्त्र र राष्ट्रियता वचाउन के.वी गुरुङको अभियान समय सान्दर्भिक भएको हुँदा वी.पी कोइरालाको विचार अवलम्बन गर्ने काँगे्रसीहरुले साथ दिनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा प्रचार विभाग संयोजक रेवतीप्रसाद भुसालले स्वागत मन्तब्य राख्नुभएको थियो । भने कार्यक्रमको उदेश्यमाथि नेता गोविन्दराज जोसीले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रदेश नंवर ३ का सभापति खेमराज सेढाईले सभाध्यक्षको आसन ग्रहण गर्नुभएको थियो । कार्यक्रममा वी.पी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशी, उपमहासचिव राम बहादुर गुरुङ,कोषाध्यक्ष गिता रेग्मी तथा अन्य केन्द्रीय सदस्यहरुले अतिथिको आसन ग्रहण गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button