बीपी जन्मजयन्तीको अवसरमा गरिएको पुस्तक विमोचन कार्यक्रममा कसले के भने ?
२५ भाद्र, काठमाडौैँ÷नेपाली काँगे्रसकी नेतृ एवं पूर्व मन्त्री लीला कोइरालाले नयाँ पुस्तालाई बीपी कोइरालाको सिद्धान्त तथा दृष्ट्रिकोणका बारेमा जानकारी दिनुपर्ने बताउनुभएको छ । आइतवार बीपी विचार राष्ट्रिय समाजले आयोजना गरेको ‘नेपाली काँगे्रस सिद्धान्त र दृष्टिकोण’ नामक पुस्तक विमोचन गदै कोइरालाले नयाँ पुस्तामा बीपीको विचार हराउँदै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
बीपी कोइरालाको १ सय ५ औैँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति एवं नेपाली काँगे्रसका नेता के.वी गुरुङले नेपाली काँगे्रसको इतिहास तथा बीपीले कसरी देशमा प्रजातन्त्रको सुरुवात गरे त्यसबारे जानकार हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले अहिले काँगे्रसभित्र काँगे्रस नरहेको जिकिर गर्नुभयो ।
सोही कार्यक्रममा बीपी विचार राष्ट्रिय समाजका सहसभापति एवं काँगे्रस नेता गोविन्दराज जोशीले नेपाली काँगे्रसका नेताहहरुले नेपालको माटो समातेर निर्णय नगरेको आरोप लगाएका छन । पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उहाँले संविधानमा धर्म निरपेक्षता कसरी आयो नेपाली काँगे्रसका नेता कृष्ण सिटौला तथा पूर्वसभामुख सुवास नेम्वाङलाई सोध्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तब्य राख्दै समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले विश्वेश्वरप्रसाद कोइरालाले काँगे्रस जन्माएको चर्चा गदै उहाँले जन्माएको सिद्धान्त तथा दृष्टिकोणलाई आत्मसाथ नगरीकन काँगे्रसको भविश्व नरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले नेपाली काँगे्रसको इतिहास तथा बीपी कोइरालाको नेपाली राजनीति तथा साहित्यमा गरेको योगदान बारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा ‘नेपाली काँगे्रस सिद्धान्त र दृष्टिकोण’ नामक पुस्तकका सम्पादक डाक्टर बासुदेव खनालले पुस्तकको विशेषताबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी नेता मित्र भट्टराई, डा. गोविन्दमान सिँह कार्की, नेपाली काँगे्रसकी केन्द्रीय सदस्य अम्बिका बस्नेत लगायतले मन्तब्य राखेका थिए ।