समाचार

सनातन धर्म संस्कृति अन्तराष्ट्रिय महासम्मेलनको तयारी तिब्र

२ फागुन, तनहुँ÷ ब्यास जन्मभूमी तनहुँको दमौलीमा आयोजना गर्न लागिएको सनातन धर्म संस्कृति अन्तराष्ट्रिय महासम्मेलनको तयारी तिब्र पारिएको छ । आगामी चैत १० गते दमौलीमा आयोजना गर्न लागिएको सम्मेलनको तयारी सुरु गरिएको विश्व हिन्दु महासंघ नेपाल केन्द्रीय समितिले जनाएको छ । ब्यास नगरपालिका कार्यलय दमौलीको हल मा हुने भेलामा बिशिस्ट अतिथीहरुलाई निमन्त्रणा पठाउने कार्य सुरु गरिएको बताइएको छ ।
सम्मेलनमा करिव ३० देशका प्रतिनिधि सहभागी हुने समितिको दाबी छ । भारतका २२ वटा प्रान्त तथा काशी लगायतको क्षेत्रबाट पनि उल्लेख रुपमा प्रतिनिधिको सहभागी हुने बताइएको छ ।  अन्तर्रा्ष्ट्रिय सम्मेलन पश्चात् ब्यास जन्म भुमिको गरिमा थप बढ्ने विश्वास गरिएको छ । सम्मेलनमा देशका सात वटै प्रदेशका विशिष्ट ब्यक्तिहरुको उपस्थित रहने महासंघले दाबी गरेको हो ।

nema
Show More

Related Articles

Back to top button