समाचार

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

२० पुष, काठमाडौैँ÷ सुनको मूल्यले आज फेरि नयाँ रकर्ड कायम गरेको छ । सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन एकैदिन प्रतितोला एक हजार रुपैयाँले उकालो लागेको हो । गत शुक्रबार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ नै बढेर तोलाको ७४ हजार ५ सय कायम भएको थियो । सुनको मूल्य बढेसँगै किन्नेभन्दा बेच्नेको संख्या बढेको ब्यवसायीहरुले बताएका छन् । अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासङ्घका मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । चाँदी मूल्य भने प्रतितोला ९ सय रुपैैँयामा कारोबार भैरहेको छ ।

nema
Show More

Related Articles

Back to top button