breakingसमाचार

केशवप्रसाद ढकालको निधनप्रति वीपी विचार राष्ट्रिय समाजद्धारा दुःख ब्यक्त

पौष २७, काठमाडौैँ÷वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य लोकेश ढकालका पिता केशवप्रसाद ढकालको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले समवेदना ब्यक्त गरेको छ । समाजले शुक्रवार एक समवेदना वक्तब्य प्रकाशित गरी ढकालको निधनमा समवेदना प्रकट गरेको हो । समवेदनाको पूर्ण पाठ यस प्रकार रहेको छ–

श्री लोकेश ढकाल ज्यू
सदस्य, केन्द्रीय कार्यसमिति
वीपी विचार राष्ट्रिय समाज
काठमाडौैँ

विषय ः समवेदना

 तपार्इंका पिता ८६ बर्षीय श्री केशवप्रसाद ढकालको २०७५ साल पौष २५ गते राती चाबहिलको  मनमैँजुस्थित आफ्नै निवासमा निधन भएको खबर सुन्दा म अत्यन्तै दुःखी छु । स्वर्गीय ढकाल २००७ सालको क्रान्तिमा संलग्न हुनुहुन्थ्यो र क्रान्तिपछि श्री सुवर्णशम्शेर स्वदेश फर्कदा संगै फर्कनुभएका ढकाल प्रजातन्त्रका एक योद्धा हुनुहुन्थ्यो । स्वर्गीय ढकालले नेपालका प्रजातान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गीय केशव ढकालको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ  शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गर्दछु ।
                                              कुलबहादुर (केवी) गुरुङ
                                              सभापति
                                         वीपी विचार राष्ट्रिय समाज
                                               काठमाडौ
nema
Show More

Related Articles

Back to top button