समाचार

गोकुल बास्कोटालाई कालो झन्डा देखाउने नेविसंघ कार्यकर्ता प्रहरी नियन्त्रणमा

 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका केही कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट उनीहरु प्रक्राउ परेका हुन्। धनगढीबाट काठमाडौँ फर्कनक्रममा मन्त्री बास्कोटालाई विमानस्थलमा नेवि संघ कार्यकर्ताले कालो झण्डा देखाएका थिए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले एक स्वीस कम्पनीसँग सेक्युरिटी पिन्टिङ प्रेस खरिद गर्दा ७० करोड भन्दा बढी कमिसन आउँदा त्यसको ७० प्रतिशत आफूले पाउनुपर्ने भन्दै बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएको थियो ।
यसैबीच सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बास्कोटाको राजिनामा आइसकेको संसदमा जानकारी गराइसकेको छन् ।

Show More

Related Articles

Back to top button