समाचार

भारतले चर्को दबाव दिएपछि तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता

काठमाडौं ÷ भारतले चर्को दबाव दिएपछि सरकारले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले शुक्रबार बसेको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भारतले चर्को दबाब दिएपछि परिक्षण रोकिएको बताएका हुन । भारतले चर्को दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदले सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएको हो । कृषि तथा पशुपंक्षी विकासमन्त्री खनालले भारत र तेस्रो देशबाट आयात हुँदै आएको तरकारी र फलफूलको विषादी परीक्षण सरकारले फिर्ता लिएको पुष्टि गरेका हुन ।
केही दिनअघि भारतीय दूतावासले आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको थियो । दूतावासले लेखेको पत्रमा तरकारी आयात प्रक्रिया निर्वाध सुचारु गराउन आग्रह गरिएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button