समाचार

भोलि नै एमाले(माओवादी पार्टी एकता घोषणा हुन सक्ने

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्दका शिर्ष नेताहरुले भोलिनै पार्टी एकता हुन सक्ने बताएका छन । बुधवार प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष के.पी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्तामा पार्टी एकता गर्न सहमत भएका हुन ।
भोलि मदन भण्डारी स्मृति दिवसको दिन पार्टी एकता हुनसक्ने शिर्ष नेताहरुको भनाई उद्धृत गदै श्रोतले बताएको छ । भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ । कार्यक्रमपछि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो ।
सम्भव भए भोलि नै ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।
एमाले र माओवादी पार्टी एकता गर्ने सहमति गर्दै संयुक्त गठबन्धन बनाएर चुनाव चुनाव लडेका थिए । कार्यदल बनाएर बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएका छन् ।

nema
Show More

Related Articles

Back to top button