समाचार

गायक योगेश वैद्यलाई दीर्घ साधना बाट सम्मानित गरिने ।

९, जेष्ठ, २०७५, काठमाडौैँ÷गायक ÷ संगीतकार ÷ गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।
रेडियो अन्नपूर्ण नेपाल ९४ मेघाहर्जको व्यवस्थापन समितिको निर्णयबाट आधुनिक गीतसंगीतको श्रीवृद्धिमा छ दशक लामो समय देखि साधनारत वैद्यको निरन्तरको विशिष्ठ साधनाका लागि यो सम्मान प्रदान गर्न लागिएको हो ।
नेपाली र नेवारी भाषाका चार सय बढी गीतमा स्वर भर्नुभएका वैद्यले दर्जनौँ गीतमा संगीत दिनुभएको छ । उहाँले गीतका साथै थुप्रै कविता सिर्जना गर्नु भएको छ ।
गेण्ट राज्य विश्वविधालय, वेल्जियमबाट खाद्य विज्ञान तथा पोषण विषयमा स्नातकोत्तर गर्नुभएका वैद्य सरकारी सेवा सह– सचिवबाट सेवा निवृत्त हुनुहुन्छ । उहाँका खाद्य पोषण सम्बन्धि सात वटा प्राविधिक पुस्तकहरु प्रकाशित भएका छन् ।
नातिकाजी संगीत सम्मान, नारायण गोपाल संगीत सम्मान, छिन्नलता गीति पुरस्कार लगायत पाँच दर्जन पुरस्कार तथा सम्मानबाट सम्मानित उहाँलाई रेडियो अन्नपूर्ण नेपालको वार्षिक उत्सवका अवसरमा आगामी जेठ १५ गते उक्त सम्मान समर्पण गरिने रेडियोका स्टेशन म्यानेजर ठाकुर बेलवासेले बताए ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button