समाचार

शहीद शुक्रराज शास्त्रीको १ सय २६ औं जन्मजयन्ती मनाईयो

काठमाडौं । शहीद शुक्रराज शास्त्रीको १ सय २६ औ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
शहीद स्मारक समितिले ललितपुरले कुुपण्डोलमा गरेको कार्यक्रममा प्रजातन्त्र ल्याउन शास्त्रीले पुर्‍याएको योगदानको बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा शहीद शुक्रराज शास्त्रीको प्रतिमामा माल्यार्पण गरीएको थियो ।
ललितपुर उपमहानगरपालिकाकी उपमेयर गीता सत्यालले शहीदले देखाएको बाटो हिड्न नसकेको कारण मुलुक यो अवस्थामा आइपुगेको भन्दै राज्यले शहीदहरुको सम्मान गर्नुपर्ने बताइन ।
शहीद स्मारक समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले शहीदहरु राज्यबाट अपहेलित भएको उल्लेख गरे ।
बिसं १९९७ साल माघ १० गते तत्कालिन राणा शासकहरुले शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए ।

nema
Show More

Related Articles

Back to top button